विद्यार्थी संगठनलाई गिज्याएको इटहरीका विद्यार्थीको आन्दोलन
विद्यालय बन्दहुदाँको शुल्क मागेको भन्दै विद्यार्थी सडकमा हुदाँ तिनैको हकहित भन्दै खोलिएका विद्यार्थी संगठन मौन

काठमाडौं चैत्र ६ । पछिल्लो समय विद्यार्थी आन्दोलन माउपार्टीको भजन गाउनमा नै व्यस्त छ । पदको लोभका कारण विद्यार्थी नेताहरु विद्यार्थीका मुद्दा कम अन्य काम धेरै गर्न थालेका छन् । ठेक्का पट्टा देखी अन्य अन्य अनेकन काम छन् तर उनीहरु विद्यार्थीका एजेन्डा कहिलै बोक्दैन् । लामो समय देखि नेपाली विद्यार्थी संगठन र तिनका नेतालाई लाग्दै आएको आरोप हो ।
पार्टीको जयजयकार र अर्को पार्टीको विरोधमात्र हैन विद्यार्थीका मुद्दामा कहिलै आन्दोलन हुन छाडे पनि झण्डा विनाको विद्यार्थी आन्दोलन नदेखेको धेरै भयो । तर केही दिन यता सुनसरीको इटहरीका नीजि विद्यालयमा अध्यनरत छात्रछात्रा भने कलेज पोसाकमा नै त्यो पनि कुनै संगठनको झण्डा विना आन्दोलन गरिरहेका छन् त्यो पनि आफुले पढ्दै नपढेको समयको शुल्क नतिर्ने भन्दै ।
त्यहाको नीजि कलेजले कोरोना महामारिका कारण बन्द भएको समयको समेत शुल्क मागेपछि विद्यार्थी आन्दोलीत बनेका हुन् । कोरोना महामारीका कारण चैत्रबाट विद्यालय बन्द भएपनि विद्यालयले बन्द भएको अवधिको समेत शुल्क मागेपछि उनीहरु सडकमा उत्रन बाध्य भएको जनाउछन् । हप्ता दिन अघि विश्व आदर्श कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन अहिले नाम चलेका कस्तुरी, कोशी र सुस्मा कलेजका विद्यार्थीले संयुक्त आन्दोलन सुरु गरेका छन् । इटहरीका सवै कलेजबाट आन्दोलन गर्ने तयारी गरेका विद्यार्थीले शुक्रबार एक घण्टा मुख्य सडक नै अवरुध पारे ।
त्यतिमात्र हैन विद्यार्थीसंग शुल्क असुल गर्न शिक्षकको नै प्रयोग गरेपछि उनीहरुको ध्यान पढाइमा भन्दा कसरी पैशा तिर्ने तर्फ जान थालेपछि विद्यार्थी बाध्य भएको आदोलनमा उत्रन परेको बताउछन् । यसरी विद्यार्थीले सामुहिक रुपमानै आन्दोलन सुरु गरेपछि विद्यालय सञ्चालकहरुले भने समस्या समाधानका लागि हपल गरिरहेको दावी गर्छन् । सुनसरी हिसानका अध्यक्ष मुकुन्द घिमिरे आफ्नै समस्या देखाएर पन्छिने प्रयास गर्छन ।शिक्षकहरुले तलव नदिए नपाढाउने चेतावनी दिएको र पढ्न खोज्ने विद्यार्थीसमेत आन्दोलनका कारण पढ्न बन्चित भएको भन्दै गम्भिर भएर समाधानका लागि लागेको दावी गर्छन् ।
विद्यालय जानु पर्ने विद्यार्थी नै विद्यालय जान छोडेर आन्दोलनमा उत्रने अवस्था आएको भन्दै विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । विद्यालय बन्द भएका समयको कुनै शुल्क लिन नपाउने भन्दै इटहरीका विद्यार्थीको आन्दोलनमा पुर्ण समर्थन रहेको अनेरास्वियुका नेता सुदेश पराजुलीको भनाई । त्यहा रहेका विद्यार्थी र विद्यार्थी संगठनसंग छलफल भइरहेको सकेत उनको भनाई छ ।