ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले निर्माण गरेको कोभ्याक्सिन खोपले आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं ,चैत ६ ।नेपालमा भारतले विकास गरेको कोरोना विरुद्धको कोभ्याक्सिन खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले यो खोपलाई शनिबार आपत्कालिन प्रयोगकालागी अनुमती दिएको हो । कोभ्याक्सिन खोप पनि २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ ।भने यो खोप पनि २ डोज दिनुपर्छ ।

नेपालमा यसअघि अक्सफोर्ड युनिभर्सिटी र बेलायती कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चिनले विकास गरेको सिनोफार्मको भेरोसेललाइ विभागले आपतकालीन प्रयोगकालागि अनुमति दि सकेको छ । तर नेपालमा अहिलेसम्म कोभिसिल्ड मात्र प्रयोग भइरहेको छ ।

कोरोना खोपको उपलब्धता कम भएकोले खोप अभावका कारण नेपालमा खोप अभियान स्थगित गरिएको छ । सरकार आफैले खरिद गरेको खोप समयमा नै आपूर्ति हुननसक्दा खोप अभियान स्थगित भएको हो । विभागले निजी क्षेत्रलाई पनि खोप आयातका लागि आवेदन आव्हान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *