राजनीतिज्ञ फकाउदाँ कर्मचारी चिड्याउदैं व्यवसायी
काठमाडौं चैत्र ६ । पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्य मन्त्री मोतिलाल दुगडले नेपाल कुरा बुझ्ने प्रधानमन्त्री र अर्थमन्त्री नेपाल पाएको बताएका छन् । उद्यगी व्यवसायीहरुसँगको अन्तकृयामा बोल्दै पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्य मन्त्री मोतिलाल दुगडले नेपाल कुरा बुझ्ने प्रधानमन्त्री र अर्थमन्त्री नेपाल पाएको बताएका हुन् । उनले उद्योगि ब्यवसायीलाई नेपालमा सम्मान हुनुपर्नेमा जोड दिदै उद्योगी ब्यवसायीहरुको सम्मान हुन सके नेपाल चाडै नै सम्वृद्ध बन्ने धारणा राखे । उनको भनाई छ-‘हाम्रो देशलाई पनि सम्वृद्ध नेपाल भन्न सक्छौ । हामी चाडै नै बिकसिल मुलुकमा स्तरउन्तति हुँदैछ । प्रधानमन्त्रीन्यु यहाँ हामी सँग होनाहार डाइमण्ड उद्योगि व्यवसायी छन् । हो हामी कोभिडका कारण प्रभावित भएका छौ । तर हामीसँग धेरै वुझ्ने प्रधानमन्त्री अर्थमन्त्री हुनुहुन्छ । नेपाल लगानीका लागि निकै उत्कृष्टमुलुक हो हामीसँग प्रस्सत संभावना हरु छन्, ’
तेस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चालेको प्रभावकारी कदमले नेपालको अर्थतन्त्र चाडै नै तङ्ग्रिएको दावी गरे । गोल्छाले नेपालको अर्थतन्त्रमा सुधार देखिन थालेको बताउदैं बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य रकमको माग बढ्न थालेको र ब्याजदर पनि बिस्तारै बढ्दै गएको जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले ल्याएको पुरकर्जा कार्यबिधिले नेपालका लघु साना मझौला उद्योगि ब्यवसायीलाई निकै राहात दिएको बताएका छन् । सरकारले यति चाँडै कोभिडको खोपलाई सहज बनाएर अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको भन्दै यसले नीजि क्षेत्रलाई उत्साहित तुल्याएको उनको भनाई छ ।
सोही कार्यक्रममा सिएनआईका कार्यावाहक अध्यक्ष बिष्णु अग्रवालले नेपाल सरकारले सम्वृद्ध नेपाल सुखी नेपालको नारा पुन एक पटक आत्मासात गर्न पाएकोमा खुसी ब्यक्त गरे । गरिबि रोजगारी बिजुली सबै कुरा पर्याप्प पँहच पुर्याउन सकेमा नेपाल खुसी बन्ने भन्दै यसका लागि आवश्यक उद्योग ब्यवसाय स्थापनामा जोड दिए । दिगो बिकास लक्ष्य तथा सन २ हजार २६ सम्म बिकासोन्मुख मुलुकमा परिणत हुने कुरा सकारात्मक पक्ष रहेको उनको भनाई छ ।
सिएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीले लिएको भिजनलाई कार्यान्वयन गर्न सक्ने हो भने यसले मुलुक निर्माण धेरै समय नलाग्ने दावी गरे नेपालमा कानुनी प्रकृयागत झन्जट रहेको र यसलाई परिवर्तन गरेर काम चाँडो गर्न सकियो भने त्यसले उत्पादकत्वमा निकै ठुलो परिवर्तन गर्ने उनको भनाई छ । उनले ब्यङ्ग गर्दै प्रधानमन्त्रीलाई आन्दित देखेपनि ब्यवसायीहरु ठुलो समस्या रहेको भन्दै -‘हामीले निकै कठिन भुगोल र सहनशिल छौ त्यसैले प्रधानमन्त्री ज्युलाई म अनुरोध गर्न चाहान्छु ४ हप्ता भित्र केही कालजयी नीति ल्यौ त्यसले हामीलाज्ञ १० बर्षपछी पनि सम्झन लायक हो ।’ भने
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्रीको पहललाई धन्यवाद दिदै नेपालको प्राकृतिक स्रोतको उपयोग र उपयुक्त नीति अवलम्वन गर्न सके विश्वमा धेरै प्रतिव्यक्ति आय भएको मुलुक बन्ने बताए । हामीसँग ५० प्रतिशत जनशक्ति युवा छन भएको भन्दै उनले नेपालको कर्मचारीतन्त्रले निर्माण गरेका आर्थिक कानुनहरुलाई परिमार्जित गरि प्रधानमन्त्रीले कानुन परिवर्तनका लागि बिज्ञहरुको भेला गराएर पहल गरेमा नेपालमा लगानीका लागि सहज बन्ने उनको भनाई छ । नेपालको कर्मचारीतन्त्र बिकासको बाधक भएको भन्दै यसको मानसिकता परिवर्तन नगरी मुलुकमा बिकास संम्भव उनको भनाई छ । उनले कर नीति पनि ब्यवसायी मैत्री बनाउनुपर्नेमा जोड दिए ।
उद्योगी लक्ष्मी मित्तलले नेपालका मारवाडी ब्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको बताए । आफुहरुले राणाशासन काल देखी नै नेपालमा ब्यवसाय मात्रै होइन सेवा गर्दै आएपनि अझै पनि राज्यले उपेक्षा गरेको वताए । आफुहरुको जन्मभुमी कर्म भुमी नेपाल भएपनि आफुहरुले अहिलेसम्म पनि नागरिकता नपाएको गुनासो गरेको बताए ।