ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालको सहभागिता

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यहि मे २१ देखि ३१ तारिक सम्म संचालन हुन गैरहेको ASBCElite Men & Women’s Boxing Championship मा नेपालले सहभागीता जनाउने भएको छ ।

एशियन वक्सिङ कन्फेडेरेशन९ब्क्द्यऋ०अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो वक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । ब्क्ष्द्यब् को तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ । १९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

यहि चैत्र २९–३१ गते सम्म सातदोबाटो स्थित वक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र बिभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवाले जानकारी गराएका छन् ।टोक्यो ओलम्पीकको पूर्व संध्यामा हुन गैरहेको यस प्रतियोगिताले सहभागि जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *