ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खेलाडीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, चैत ५। विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे ।

सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् । कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो । बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो । यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ । कल्याणकारी कोषले कम्तिमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।

यस बर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *