ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एन्फा प्रेसिडेन्ट लिग–२०७७ धम्बोझी र त्रिवेणीको जित

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा जित हासिल गरेका छन ।

बिहिबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–२ ले पराजित गरेको छ । बिहिबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ । यसैगरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टी मार्फत ८८ मिनेटमा गोल गरेका थिए । धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *