ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिला प्रोजेक्ट, अनि लगानी सम्मेलन–अध्यक्ष गोल्छा

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रमा बोल्दै उद्योगी ब्यवसायीहरुले नेपालमा बिदेशी लागानीको बर्तमान अवस्था र संभावनाबारे छलफल गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्न सकेमा मात्रै फलदायी नतिजा आउने बताएका छन । तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा अपेक्षाकृत नतिजा आउन नसकेको गोल्छा भनाई छ ।

महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका यहांस्थित दुतावासहरूसंग पनि यस विषयमा छलफल अगाडि बढाएको बताउदै अध्यक्ष गोल्छाले नेपालको प्रयास परिणामुखी बन्न नसकेको बताए । ‘खासगरी विक्रम सम्वत् २०४६ सालको परिवर्तन पश्चात मुलुकले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए तर विविधकारणबाट त्यो विस्तार भएर जान सकेन । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहा छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासको खाचो छ, अध्यक्ष गोल्छाले भने ।

अध्यक्ष गोल्छाले वाह्य लगानी आकर्षणका लागि महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ र एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धत हुने पर्ने कुरामा जोड दिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास लिएको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई आग्रह गरेका छन । महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ ।

समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त हुनुहुन्छ भने आमन्त्रितहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *