ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धनगढीको कृषि उपज तथा हाट बजारमा सिभिल बैंकको क्युआर कोड

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

धनगडी । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोत्साहित गरेको हो । यस बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न प्रकारका नगद रहित भुक्तानी सेवा उपलव्ध गराउदै आएकोमा र व्यपार तथा व्यवसायहरुमा क्युआर कोडलाई सशक्त रुपमा देशव्यापी बनाउदै अगाडी बढ्ने नीति लिएको छ।


करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्पत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ८१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ७५ अर्ब भन्दा बढी कर्जा लगानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *