ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पशुपति क्षेत्रमा पुरातात्त्विक महत्व मेटिने गरि कंक्रिटको प्रयोग गरिएको स्थानियको गुनासो

काठमाडौं चैत ५ । २०७२ सालमा आएको भुकम्पले पशुपति क्षेत्रका ९२ सम्पदामा क्षेती पुगेको थियो । ५९ सम्पदा बनिसकेको र हाल अझै ३३ सम्पदा बन्न सकेका छैनन । जुन बन्ने क्रममा रहेका र केहि बनिसकेका सम्पदामा पुरानै शैलिमा बनाइएको भने पनि कंक्रिटको प्रयोग गरिएको स्थानियले तथा सम्पदा प्रेमी अभियन्ताहरूले बताएका छन् ।


सम्पदा पुनर्निर्माणमा क्षेत्र विकााश कोषलेनै लापरबाही गरि सम्पादा मेटाउने काम गरेको सम्पदाप्रेमी स्थानियाको आरोप छ । कोषले स्थानिय सङ कुनै सोधपुछ नगरी पुरातत्त्व सङ समेत कुनै सोधपुछ नगरी आफ्नो मनोमानी रुपमा प्राचीन स्मारक ऐन बिपरित गरेको र सर्बोच्च अदालतमा समेत अंतरिम आदेस भै सो कार्य सम्पादाको महत्त्व नमेटिने गरि गर्न गराउन आदेस हुदा समेत कोषले कुनै वास्ता नगेरेको भन्दै स्थनियले कोषलाई ध्यानाकर्षण गराएका छन । कोष सच्चिएर काम नगरे आफूहरु बाध्य भएर अन्य कानुनी उपचारको बाटोमा लाग्ने अभियान्ताहरुको तर्क छ ।

विश्व सम्पदा सूचिमा सुचिकृत पशुपतिनाथ मन्दिर पुनःनिर्माणमा कोषले भने कुनै नम्स र सम्पदाको महत्त्व नमेटिने गरिनै काम गरेको बताएको छ ्र पुरातत्त्व विभाग सबै सरोकारवाला निकायबिच छलफल भै सहमतिमा काम गरेको कोष बताउँछ तर कदाचित गल्ती भएको खण्डमा छलफल साथ सच्चाएर पुनर्निर्माणका कामलाई अगाडी बढाउने कोसका कार्यकारी निर्देशक घनस्याम खतिवडा बताउँछन ्रयद्यपि कोष भने पुनःनिर्माणको विषयमा आफै अन्योलमा देखिन्छ ।

सम्मानित सर्वोच्च अदालतको संयुक्त ईजलासले “पशुपति क्षेत्र विश्व सम्पदामा सूचिकृत धार्मिक सांस्कृतिक तथा वातावरणीय हिसाबले समेत अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको छ । हाल उक्त क्षेत्रमा गुरू योजना अन्तर्गत भैं रहेको विकास र विस्तारको कार्य तथा भुकम्पपछि पुननिर्माण्को कार्य प्राचीन स्मारक संरक्षण ऐन,२०१३,वातावरण संरक्षण ऐन २०५३,भुकम्पले क्षति पुर्याएको सम्पदाहरुको संरक्षण एवं पुननिर्माण सम्बन्धी मापदण्ड,२०७२ र मयानुअल २०७३,तथा पशुपति क्षेत्र संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड २०६४,विश्वसम्पदा सम्बन्धी महासन्धिले किटान गरेको मापदण्ड विपरित र अदालतबाट जारी भएको परमादेश समेत प्रतिकूल हुने गरी निर्माण भैरहेको भन्दै सम्पदा प्रेमीहरुले आपत्ती जनाएका हुन् ।

प्राचीन स्मारक गुह्येश्वरी उत्तरको सत्तलको उचाई र चौडाई घटाईएको र जगमा सिमेन्टको प्रयोग भएको,श्लेष्मान्तकमा लास गाड्ने कार्य नरोकि मौन भैं बसेको,मृगस्थलिको पर्यावरणको रक्षा नगरेको, स्वेच्छाचारीरूपमा विश्व सम्पदामा शिलापत्रहरू राख, स्वेच्छाचारीरूपमा विश्व सम्पदामा शिलापत्रहरू राखेको, माटोले बनेको मन्दिरमा चुना सुर्की हाली सो को पु क्षयिकरण गरेको, गुरूयोजना बनि राखेको अवस्थामा मनपरी स्वेच्छाचारीरूपमा निर्माणको काम धमाधम गरिरहेको, पशुपति मन्दिरको उत्तरतिर नँया भवन निर्माण गरेको भन्दै कोषले यो संगै अन्य देखिएका कमजोरी सच्चाउनु पर्ने अभियान्तहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *