ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधव पक्षलाई चिडियाउदैं ओली, गुटगत भेला गरे कारवाही गर्ने निर्णय

काठमाडौं चैत ५ । नेकपा एमालेको संसदीय दलको बैठकले गुटमा भेला हुने सांसदलाई कारवाही गर्ने निर्णय गरेका छ । बैठकले गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै बैठकले संसदीय दलको बोर्ड गठन भएको गरेको छ । बोर्डमा २७ जना सदस्य रहने एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *