ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चालु आर्थिक बर्षको ७ महिनामा पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत ५ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षको ७ महिनाको आर्थिक बुलेटिन प्रकासन गर्दै चालू आर्थिक बर्षको बजेट खर्च तथा राजस्व संकलन मुलुक आर्थिक परिदृष्य बारे जानकारी दिएको छ । चालु आर्थिक बर्षको ७ महिनाको कुल ४ खर्ब ९९ अर्ब रुपैयाँ खर्च भएको छ जुन अघिल्लो बर्षको तुलनामा २.६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक बर्ष कुल खर्च ४ खर्ब ८७ अर्ब ९ करोड रुपैयाँ खर्च भएको थियो । समिक्षा अवधिमा चालु खर्च ११.२ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने अघिल्लो आर्थिक बर्षको तुलनामा १८.७ प्रतिशतले घटेको छ । सात महिनाको अवधिमा ६२ अर्ब ८४ करोड रुपैंयाँ मात्रै खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै बित्तीय ब्यवस्था तर्फ पनि ३१.७ प्रतिशतले घट्दै ३० अर्ब ११ करोड रुपैया मात्रै खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको माघ महिनासम्ममा कुल बिनियोजित बजेटको ३३.९ प्रतिशत खर्च भएको छ । जसमध्ये चालु खर्च बिनियोजित बजेटको ४२.९ प्रतिशत , पुँजीगत खर्च १७.८ प्रतिशत र बित्तीय ब्यवस्थातर्फ १७.४ प्रतिशत खर्च भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कुल बजेट खर्च ३१.८ प्रतिशत भएकोमा चालूतर्फ ३८.२ प्रतिशत , पुँजीगत तर्फ १८.९ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ २६.२ प्रतिशत खर्च भएको थियो ।

चालू आर्थिक बर्षको ७ महिनामा भएको खर्चको बिवरण यस प्रकार रहेको छ ।
राजस्व संकलन
राजस्व संललन तर्फ चालु आर्थिक बर्ष सात महिनामा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशतले बृद्धि भइ कुल ४ खर्ब ९८ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको छ । जसमध्ये कुल राजस्व ४ खर्ब ५८ अर्ब १० करोड गैरकर ४० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्ति सहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

भन्सार राजस्व
सरकारले चालु आर्थिक बर्ष भन्सार मार्फत १ खर्ब ९३ अर्ब ५५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले माघ महिनासम्मा १ खर्ब १२ अर्ब रुपैयाँ भन्सार मार्फत राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य नजिक ९६.५२ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेको छ । गत आर्थिक बर्षको तुलनामा भन्सार मार्फत संकलन हुने राजस्व २१.०८ प्रतिशतले बढी हो ।

मूल्य अभिबृद्धि कर
सरकारले चालू आर्थिक बर्ष मुल्यअभिबृद्धि कर मार्फत ३ खर्ब २ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो भने माघ महिनासम्ममा १ खर्ब ६९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । जस मध्ये सात महिनाको अवधिमा १ खर्ब ५० अर्ब अर्थात लक्ष्यको ८८.७५ प्रतिशत संकलन भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

अन्तशुल्क
चालु आर्थिक बर्षका लागि सरकारले अन्तशुल्क मार्फत १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये ७ महिनाको अवधिका लागि ८५ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तय भएको थियो । जसमध्ये माघ महिनासम्ममा लक्ष्यको ८४.६८ प्रतिशत अर्थात कुल ७२ अर्ब ५० करोड रुपैयाँ संकलन भएको छ ।

आय कर
सरकारले चालु आर्थिक बर्षका लागि आयकर मार्फत २ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो सात महिनाका लागि १ खर्ब २० अर्ब ५९ करोड रुपैयाँको संकलन गर्ने लक्ष्य तय भएको थियो । उक्त अवधिमा आयकर कुल १ खर्ब १५ अर्ब अर्थात ९५.७४ प्रतिशत संकलन भएको छ ।
त्यस्तै यस बाहेक ब्याजतर्फको कर सरकारले यो आर्थिक बर्षका लागि २३ अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । पहिलो ७ महिनामा ब्याजबाट प्राप्त हुने करको १६ अर्ब २१ करोड रुपैयाँ लक्ष्य लिएकोमा ९८.८९ प्रतिशत अर्थात १६ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ । गैरकर मार्फत सरकारले चालू आर्थिक बर्षका लागि ९८ अर्ब ८० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो सात महिनामा ४० अर्ब ४२ करोड रुपैयाँ संकलन भएको छ । सरकारले यस्तो कर ७ महिनामा ४९ अर्ब ६ करोड रुपैंयाँ संकलन गर्ने लक्ष्य लिएको थियो जनु लक्ष्यको ८२.३९ प्रतिशत मात्रै संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *