ओली फटाहा र बादल गद्दार भएको प्रचण्डको आरोप

सिन्धुली चैत ५ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई गद्दारको संज्ञा दिएका छन् । पुर्व सहकर्मी बादलले माओवादी केन्द्र छोडेर एमालेमा लागेको भन्दै बादललाई गद्दारको संज्ञा दिएका हुन् ।
रामका लागि भन्दै सिन्धुली पुगेका प्रचण्डले आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेको भन्दै आक्रोष पोखेका हुन् । आफुले फटाहलाई विश्वास गरेको भन्दै आत्मा आलोचना समेत गरे । उनको भनाई छ – ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्याइएन ।
सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’
प्रचण्डले नेकपाको अर्को समुह नेपाल- खनालसंग पार्टी एकिकरण हुन सक्ने भन्दै जनाएका छन् ।
दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल-नेपाल समूहसँग पार्टी एकता हुने संकेत गरेका हुन् । दाहालले ओलीकै कारण पार्टी एकिकरण हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीलाई फटाहाको संज्ञा दिएका छन् ।