ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महामारीका विच नेपाल भारत यातायात सञ्चालनको सिफारीस

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं चैत ५ । नेपालबाट भारत जान चाहने यात्रुले ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट देखाए सिधै भारत जान सक्ने भएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेसंगै यस प्रकारको सहजता हुन लागेको हो ।


बिहीबारबसेको सिसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए । यदी मन्त्री परिषदले यसलाई अनुमोदन गरे नेपाल भारत आवत जावत करीव एक बर्षपछि सहज हुने भएको हो ।


नेपाल भारत यातायातका १३ वटा रुट सञ्चालनका लागि सिफारसि गरिएको छ । बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । तर भारतमा कोरोना सक्रमण वृदीभएको समयमा भएको सरकारको सिफारीसको आलोचना समेत सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *