अफ्गानिस्तानमा सैन्य विमान दुर्घटना हुदाँ ९ जनाको मृत्यु

एजेन्सी चैत्र ५ । अफगान वायु सेनाको हेलिकप्टर दुर्घटना हुदाँ चालक दलका ४ सदस्य र पाँच अफगान राष्ट्रिय सेना गरी जम्मा ९ जनाले ज्यान गुमाएका छन् ।
बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । सेनाले दुर्घटनाको विषयमा के कारणले भएको नखुलेपनि अनुसन्धान भइरहेको जनाइएको छ ।
गत नोभेम्बरमा पूर्वी प्रान्त नानग्रहाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दश अफगान वायु सेनाका सदस्य मारिएका थिए ।