ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारमा जाने विषयमा कुरा नमिलेपछि जसपा बैठक अन्तिम समयमा स्थगित

काठमाडौं चैत्र ५ । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

अहिले ११ बजेलाई बैठक बोलाइएकपनि अन्तिम समयमा बैठक स्थगति भएको हो । बैठकको तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएपनि सरकरमा जाने विषयमा कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।
सत्ता समिकरणमा निर्णायक मानिएको जसपा सत्ता समिकरणमा एमाले वा माओवादी केन्द्र कस्लाई सहयोग गर्ने भन्ने एकिन गर्न सकेको छैन । बैठक स्थगित भएको कार्यकारी परिषदका सदस्य केशव झाले पुष्टी गरेका छन् ।

सरकारमा जान विषेशत ३ वटा मुद्दा अघि सारेको जसपा भित्र महन्त ठाकुर र राजेन्द्र महत्तो एमालेलाई सहयोग गर्ने पक्षमा हुदाँ डा बाबुराम भट्टराई र उपेन्द्र यादव भने माओवादी र कांग्रेससंग मिलेर सरकार बनारउनु पर्ने पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *