ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत रोड सेफ्टी विश्व टि२० सिरिज को फाईनलमा

एजेन्सी – भारतले वेस्टइन्डिज लेजेन्ड्सलाई १२ रनले पराजित गर्दै रोड सेफ्टी सिरिज विश्व टि२० को फाइनमा पुगेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले वेस्टइन्डिजलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितको लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । वेस्टइन्डिजका ओपनर ड्वेन स्मिथले ३६ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । नरसिंह देओनाराइनले ४४ बलमा ५ चौका र २ छक्का सहित ५९ रन बनाए । तेस्रो विकेटका लागि नरसिंह र ड्वेनले ९९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान ब्रायन लारा २८ बलमा ४ चौका र २ छक्का सहित ४६ रन बनाए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

भारतका विनय कुमारले सर्वाधिक २ विकेट लिए । प्रज्ञान ओझा, मनप्रीत गोने र इरफान पठानले १–१ विकेट लिए । त्यसअघि सहिद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियम रायपुरमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । भारतका कप्तान सचिन तेन्दुलकरले ४२ बलमा ६ चौका र ३ छक्का सहित ६५ रनमा क्याच आउट भए । युसुफ पठानले २० बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे । युवराज सिंह २० बलमा १ चौका र ६ छक्का सहित ४९ रनमा अविजित रहे ।

ओपनर सचिन र विरेन्द्र सहवागले ५.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवागलाई टिनो बेस्टले क्रिक एडवार्ड्सबाट ३५ रनमा कट एण्ड बोल्ड आउट गर्दै वेस्टइन्डिजलाई पहिलो सफलता दिलाएका थिए । सहवागले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद कैफ २१ बलमा २ चौका र २ छक्का सहित २७ रनमा आउट भए । वेस्टइन्डिजका टिनो विष्टले सर्वाधिक २ विकेट लिए । रयान अस्टिन १ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका लेजेन्ड्सबीच प्रतिस्पर्धा हुने छ । फाइनलमा आइतबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *