चेल्सी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा
एजेन्सी चैत्र ५ । २–० गोल अन्तरले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा पुगेको छ ।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई चेल्सीले २-० गोलले पराजित गरेको हो ।
चेल्सीका लागि ३४ औँ मिनेटमा जियच र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा एमर्सनले गोल गरे । एथ्लेटिको मड्रिडका साभिक ८१ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।