ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज छान्न सक्ला त जसपाले संसदिय दलको नेता ?

काठमाडौं चैत्र ५ । सत्ता समिकरणको निर्णायक  जनता समाजवादी पार्टी (जसपा) नेपालको आज राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दै छ ।  गत बैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर नयाँ पार्ट्टी जनता समाजवादी पार्टी बनेको थियो ।

केपी ओलीको कदमलाई असंवैधानीक भन्दै सडकमा उत्रिएपनि नेकपा भित्र कस्लाई सहयोग गर्ने भन्ने चिक्तता कायम छ ।अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महत्तो र महन्थ ठाकुर ओलीलाई नै सहयोग गर्ने पक्षमा छन् भने अन्य सदस्य डा बाबुराम भट्टराई र उपेन्द्र यादव भने कांग्रेस र माओवादी केन्द्रसंग सम्युकत्त सरकारको पक्षमा छन् । यस्तो अवस्था आयोजना भएको बैठकलाई विषेश महत्वका साथ हेरिएको छ ।

सरकारमा जान ३ बटा विशेष मुद्दा उठाएको जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनीक हुनु पर्ने,रेशम चौधरीको रिहाइ र संविधान संसोधनलाई प्रमुख मुद्दा बनाएको जसपाको ११ बजेपछि बस्ने बैठकले पार्टीको संसदीय दलको नेता र उपनेता चयन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *