ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज चैत्र ५ गते बिहीबार तपाईको दिन राशी अनुसार कस्तो रहला ?

आज मिति २०७७ साल चैत्र ५ गते बिहीबार तदनुसार सन २०२१ मार्च महिनाको १८ तारिख, फागुन शुक्ल पक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, भरणी नक्षत्र, पन्चमी तिथी, वैधृति योग, बब करण, आज चन्दँमा ३ बजेर ३५ मिनेटसम्म वृष राशीमा रहनेछ, आजको शुभ समय बिहानको ११ बजेर ४८ मिनेटबाट १२ बजेर ३६ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानको १३ बजेर ४२ मिनेटबाट ३ बजेर १२ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन ।

मेष राशी

अपरान्ह सम्म दिन सुखद रहनेछ । सो अवधिभित्र सकारात्मक विचार र उत्साहले गरिएका अधिकांश प्रयासहरु छिटो र सफल पार्न मदत गर्नेछ। विशेषत कर्मक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण व्यावसायिक तथा अफिसियल कार्यहरु साढे ३ बजेभित्र सम्पन्न गरिसक्नुहोला । कोही नयाँ व्यक्तिहरुसँग भेटघाट हुन सक्छ अथवा केही नयाँ मित्रहरु बन्न सक्ने सम्भावना छ । कसै कसैलाई पूरानो साथीसँग अथवा प्रेमीसँग भेटघाट वा कुराकानी पनि हुन सक्छ । सामाजिक समारोहमा सरीक भइने, फरक खालको वा परिकारजन्य खानपीन हुनसक्ने वा मानसम्मान प्राप्त हुने योग छ । वाहन, लुगा, कपडा वा कुनै जिन्सी सामान खरीद वा प्राप्ति, आमाको लागि  समय दिनु पर्ने वा पारिवारिक घरायसी सुखमा ध्यान जान सक्ने, मित्रबाट फाइदा हुने वा लिने सम्भावना छ, कसै कसैको विवाह सम्बन्धि कुरा चल्ने वा  सकारात्मक रुपमा अगाडि बढने योग छ । अचल सम्पत्ति लाई धितो राखेर व्यवसायमा लगानी गर्ने योजना छ भने आज ३ बजेपछि नगर्नुहोला । साढे ३ बजेपछि परिस्थिती प्रतिकुल हुन थाल्नेछ ।

वृष राशी

अपरान्ह सम्म समय त्यति राम्रो छैन । हानी नोक्सानी हुनसक्ने भएकोले विशेष सावधानी राख्नुहोला । आत्मविश्वासमा कमी आउने । आलस्य बढन सक्ने । खर्चमा वृद्धि । धनको नोक्सानी, मानसिक चिन्ता । शारिरिक कष्ट,। राति ढिलो सुत्ने समस्या हुन सक्ने, घाँटी वा घाँटीभन्दा माथि, छाती, काँध, कानमा अथवा आवाजमा समस्या आउन सक्नेछ । भाइ बहिनी तथा घरायसी कामदारहरु बिरामी पर्ने अथवा उनीहरुको कारणले समस्या आउन सक्ने । अपमानको सम्भावना वा कसैबाट मन दुख्ने परिस्थीती निर्माण हुन सक्छ, निरर्थक धपेडी वा थकानले स्वास्थ्य खस्कन सक्छ साथै खानपानको विशेष ध्यान दिनु पर्नेछ । विद्यार्थीहरुको लागि समय राम्रो रहने छ, वैदेशिक अध्ययन, विदेश यात्रा प्रतियोगिता परीक्षा आदिको लागि व्यापार व्यवसायबाट लाभ लिने बेला भएकोले नयाँ कामको थालनी गर्दा राम्रो विदेशबाट सम्बन्धहरु बन्न सक्ने भएकोले, आयात निर्यात लगायत विदेश रिलेटेड कामहरु शुरु गर्न सक्नुहुन्छ । लगानीलाइ आज दिन राम्रो छैन, अपरान्ह पछि समय राम्रो हुन थाल्नेछ ।

मिथुन राशी

अपरान्ह सम्म मन प्रसन्न रहन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा चाहेको महत्वाकांक्षा पूरा हुने, आँटेका कामले खुशी प्रदान गर्नेछ, आय आम्दानीमा सकारात्मक कुरा हुने, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइ सँग भेटघाट भइ रमाइलो भलाकुसारी हुने योग छ, महिला वर्गबाट लाभ मिल्ने अथवा स्त्री सुखको प्राप्ति हुनुको साथै परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कसै कसैलाइ कुनै पनि नयाँ कार्य वा महत्वपूर्ण कार्य हुन सक्ने सम्भावना छ । व्यापारमा लाभ मिल्नुको साथै लगानीको लागि दिन राम्रो छ । टोल, समाज र समुदाय आदि जस्ता जनहितको लागि समय खर्चिनु पर्ने सम्भावना पनि उतिकै छ । मान सम्मान मा बृद्धि हुने वा गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । कसै  कसैलाई पेट सम्बन्धि समस्याले सताउन सक्नेछ ।  सोचने तरीका लाई अलिकति बदल्नु पर्ने बेला आएको छ ,  सकारात्मक उपलब्धिको लागि । मानसिक तनावलाई तँपाइले सजिलै झेल्न सक्नुहुनेछ । प्रेमको क्ष्ोत्रमा केही ढिलाइ भएको महसुस भए पनि अन्त्यमा सोचे अनुरुप नै हुनेछ । लगानीको लागि समय उत्तम छ । विशेषगरि आइ टी, सर्जिकल जस्ता प्राविधिक क्षेत्रमा निवेशको शुरुवात गर्दा हुन्छ । सन्तानको लागि पनि खर्च गर्नु पर्ने समय आएको छ ।

कर्कट राशी

अपरान्ह सम्म दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । कर्म क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । चिताएको कुरा पाउन प्रयास गरेको खन्डमा फल पाउने बलियो सम्भावना छ । यदि चोरिएको वा हराएको धन वा सामान सम्बन्धि शुभ समाचार आउन सक्नेछ । परिवारमा कोही वृद्ध नागरिक हुनुहुन्छ भने वहाँको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । आफूले मान्नु पर्नेहरुले सहयोग गर्नुको साथै प्रशासनीक सहयोग प्राप्त हुने र काम बन्ने बलियो सम्भावना छ । घुँडाको समस्या हुने हरुले विशेष सावधानी अपनाउनु होला । विद्याथिैहरुको लागि भने समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयास ३ बजे सम्म लाभदायी रहने छ । यो अवधि भित्र कसै कसैलाइ भूमि अथवा वाहन सुख प्राप्त पनि हन सक्छ ।

सिंह राशी

दिन अपरान्ह सम्म आफूले सोचे जस्तो नहुने भएकोले सावधानीका साथ अगाडि बढनु होला । मान सम्मानमा कमी हुने वा अरुले यथोचित कदर नगर्ने सम्भावना  छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुने विवाद बढने वा आरोप लाग्ने भएकोले सचेत रहनु पर्नेछ । रोग व्याधिले सताउने भएकोले स्वास्थयको विषेश ख्याल राख्नु होला । घाँटीमा टन्सिल, स्वर भासिने, थाइरायडको समस्या, हर्मोनल गडबडी, कान, छाती, कुम, घुँडा तथा पेटसम्बन्धि समस्या देखिन सक्छ । अचल सम्पत्ति बाहन आदि लिने विचार गर्नु भएको छ भने आज साढे तीन बजे पछि मात्र लिनु होला । विदेशसँग सम्बन्धित  कार्यहरुको लागि भने ३ बजेसम्म दिन अनुकुल रहन सक्छ । कसै कसैलाई छोटो दुरीको यात्रा हुने वा निरर्थक भ्रमण पनि हुने योग देखिएको छ ।

कन्या राशी

समय राम्रो छैन । अप्रत्यासित प्रतिकूल घटनाहरु हुने  सम्भावना रहेको छ । आर्थिक नोक्सान,  धन सामान आदि चोरी हुने वा हराउने वा बिग्रने सम्भावना छ । शारिरिक कष्ट हुने, स्वास्थ्यमा गिरावट आउने, पारिवारीक समस्या बढने, चिन्ता पर्ने, कलह हुने, विवाद र झगडा आदि हुने योग चलिरहेको छ । मनमा केही कुराको डरले सताइरहनुको साथै बनिसकेको काम विग्रने योग छ । कसै कसैलाई भने दुर्घटना वा चोटपटक लाग्ने सम्भावना छ । दाम्पत्य सम्बन्ध भने सुमधुर रहने छ । गुप्त रुपमा प्रेम गर्नेहरुकाा लागि भने समय अनुकुल देखिएको छ । लगानी आज नगर्दा राम्रो ।

तुला राशी

अपरान्ह सम्म समय अनुकुल रहने छ । । मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने , गर्न बाँकी महत्वपूर्ण कार्यहरु ३ बजेसम्म सम्पन्न गर्ने प्रयास गर्नुहोला । सो अवधिसम्म रोकिएको कार्यहरु बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइन योग छ ।  अरुले प्रसंशा  कदर गर्नुको साथै स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने सम्भावना पनि छ । पार्टनरशीपमा व्यापार व्यवसाय गर्नेहरुको लागि ३ बजेसम्म राम्रो समय चल्ने छ । धन लाभ हुने अथवा व्यवसायमा रोकिएका कार्यहरु बन्ने छन् ।  प्रेमीहरुको लागि सुखद अवसर प्राप्त हुनुको साथै मनोरन्जनमा समय बित्न सक्छ । कसै कसैको व्यापार व्यवसायमा निवेश हुने योग छ । नशा सम्बन्धी समस्या हुनेहरुले भने सावधान रहनु पर्नेछ।

वृश्चिक राशी

दिउँसो सम्म दिन सुखमय रहने छ । स्वास्थ्य लाभ भइ आरोग्यता प्राप्ति, धनलाभ हुने, व्यापार व्यवसायमा जन्म स्थान भन्दा बाहिरको व्यक्तिको सहयोग वा साथ  लिएमा फाइदा पुग्ने । व्यापार व्यवसायमा निवेश गर्नु छ भने ३ बजे अगाडिनै  गर्दा राम्रो । सन्तान पक्षको भने  विशेष ख्याल गर्नुहोला । अनावश्यक खर्चले भने अलिकति तनाव बढाइदिन सक्छ । दुषित प्रेम प्रसंग र अनैतिक सम्बन्धबाट जोगिनु पर्नेछ । विद्यार्थीहरुको लागि भने परिक्षा प्रतियोगीतामा आदिमा ३ बजेसम्म शुभ फल प्राप्त हुन सक्छ ।

धनु राशी

दिउँसो ३ बजेसम्म सचेत हुनुपर्ने समय छ । कर्म गतिरोध, विध्न बाधा व्यवधानहरु आउने सम्भावना छ । मानसिक चिन्ता थपिने । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । कार्यमा विध्नबाधा आउने भएकोले कर्म क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउनु पर्नेछ । पेट सम्बन्धि रोगले सताउने योग, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । प्रेम सम्बन्धमा सजगता अपनाउनु पर्ने बेला  भएकोले नव जोडीहरुले आज  साढे तीन बजेसम्म नभेटदानै राम्रो । लगानीलाई आज अपरान्हसम्म पर्खिनु पर्नेछ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा समस्या आउन सक्छ । एकाग्रतामा कमी, मन चन्चल र अस्थीर हुनेछ ।  विदेशमा उच्च शिक्षाको प्रयासरत हुनुहुन्छ भने समय शुभ छ ।

मकर राशी

सावधानी अपनाउनुपर्ने समय चलिरहेको छ । आफन्त  तथा बन्धुबान्धवबिच वैमनस्यता,  धन तथा सम्पत्ति सम्बन्धि विवाद वा हानी हुने सम्भावना रहेको छ, शारिरिक पीडा, मानसिक चिन्ता बढनुको साथै मौसमी संक्रामक रोगहरुबाट  जोगिनु पर्ने दिन छ,। कसै कसैलाई मनमा कुनै कुराले सताइरहने अवस्था छ । कलह बाट आज सकेसम्म बच्ने प्रयास गर्नुहोला । अपरान्ह सम्म खर्चमा वृद्धि तथा व्यवसाय आएको गतिरोधले चिन्तित बनाउन सक्छ । आज कुनै पनि कुरामा लगानी नगर्दा नै राम्रो ।

कुम्भ राशी

दिन अपरान्ह सम्म अनुकुल रहने छ । दिउँसो ३ बजे सम्म गरेको कार्यहरुमा सफलता मिल्ने, नयाँ विचार ले उत्साहित गराउने वा नयाँ कुराको थालनी हुने सम्भावना छ , आँट र साहसमा बृद्धि, सानो तथा छोटो दुरीको भ्रमण हुन सक्ने, बस्त्र लाभ, धन लाभ तथा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवनमा सुमधुर रहने, शत्रुबाधाबाट मुक्त भइने छ । ४ बजेसम्म विद्यार्थीहरुको लागि समय राम्रो रहने छ  भने व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ । कुनै पनि खालको लगानी ३ बजे पछि नगर्नु होला।

मीन राशी

दिउँसोसम्म समय अनूकूल छैन । परिवारको लागि खर्च हुने सम्भावना छ । धन हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण अति जरुरी छ नत्र धन संचयमा कमी आउन सक्छ । कतैबाट पैसा लिनु छ अपरान्ह पछिको प्रयासहरु सफल  हुनेछन। अपरान्हसम्म पारिवारिक सुखमा कमि आउने योग भएकोले आफन्त बन्धु बान्धव बिच वैमनस्यताबाट जोगिनु होला । बोल्दा होश पुरयाउनु होला नत्र बनिसकेको काम बिग्रन सकछ । नैतिक मूल्य र गुणलाइ यथावत राख्दै मनमा गलत विचारहरु लाई स्थान नदिनु भएमा भोलिको दिन शुभ रहने छ ।। खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ । विशेषगरि सुगर रोगीहरुले ध्यान दिने । विदेशमा रहेका हरुसँग कुराकानी हुने सम्भावना छ । साढे तीन बजे पछि स्थिति अझ प्रतिकूल हुन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *