ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुटाउने खेलमै प्रधानमन्त्री, भन्छन्-पार्टी फुटाउने अध्यादेश ल्याइदिन्छु

काठमाडौं चैत्र ५ । प्रधानमन्त्री केपी ओली पुन पार्टी विभाजन सम्वन्धि अध्यादेशको पक्षका उभिएका छन् । एमालेको नेपाल- खनाल समुहले छुट्टै भैला गरेको भन्दै ओलीली पार्टी फुटाउन मन भए अध्यादेश ल्याइदिन तयार भएको बताउका हुन् ।

यस अघि पनि पार्टी विभाजन समंवन्धि अध्यादेश ल्याउन खोज्दा विवादमा परेका प्रधानमन्त्री पुन सोही पक्षमा लागेका हुन् । ओलीले पार्टीका विरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले वितण्डा मच्चाएको आरोप लगाए ।

बुधबार नेपाल प्रेससंगको कुराकानीमा अध्यक्ष ओलीले भने – ‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि । एमाले भएर गतिविधि गर्न पाइँदैन । छुट्टिन मन छ भने म सँग निवेदन हाले भयो नि । कानुन त्यस्तो ल्याइदेउ, सजिलो बनाइदेउ भनेर । हामी अलग हुन्छौं भने भो नि त ।’

उनले विधेयक ल्याउन तयार रहेको भन्दै भने -‘उहाँहरुले विधेयक माग्नु भयो भने म ल्याइदिन्छु । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । आफ्नो स्वेच्छाको कुरा हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । संगठनको कुरा हो । बँधुवाको हिसाबमा मान्छेलाई राखेर केही पनि हुँदैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *