ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ९४ जनामा कोरोना संङ्क्रमण पुष्टि

काठमाडौं चैत्र ४ ।देशका विभिन्न प्रयोगशालामा गरीएको २ हजार ७ सय ८१ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ५३ जना सहित सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । कोरोनाका कारण हालसम्म ३ हजार १४ जनाको मृत्यु भएको छ भने थप ५५ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० रहेको छ ।

यसैबीच महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालन गर्न चिकित्सकहरुको सुझाव छ । मास्कको प्रयोग र सामाजिक दुरी मात्र नभइ कोठामा राम्रो सँग हावा सन्चालन हुने भेन्टिलेसनको ब्यवस्था हुनुपर्ने जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा विराजमान कर्माचार्यले बताए।

यसैगरि खोप अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएका हरुलाई बैशाख ७ देखी ११ गते सम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ५५ बर्ष माथिका नागरीकलाइ थप खोप उपलब्ध भएपछी सुचना जारी गरीने छ । हाल देशभर क्वारेन्टिनमा ४९ जना र संक्रिय संक्रमित ९ सय ५४ जना रहेको मन्त्रालयले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *