ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको चेतावनीका विच नेपाल- खनाल समुहको भेला सुरु, भेलामा ओलीलाई सहभागी हुन आह्वान

काठमाडौं चैत्र ४ । नेकपा एमालेको नेपाल- खनाल समहुहले कार्कर्ता भेला आयोजना गरेको छ । नेकपा एमालेको नेपाल- दाहाल समुहले देशभरका २५ सय बढि कार्यकर्ता उतारेर भेला आयोजना गरेको हो।ललितपुरको सानेपामा सुरु भएको भेलालाई एमालेको आधिकारीक भेला भएको दावी गर्दै एमाले विवादको जड प्रधानमन्त्री केपी ओली रहेको निष्कर्ष समेत निकालेको छ ।

त्यतिमात्र हैन कमन्युष्ट पार्टीमा आत्मा आलोचना सवै भन्दा ठूला आत्मा आलोचना भएको भन्दै आत्मा आलोचना गरेर भेलामा सहभागी हुन प्रधानन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलाई आग्रह गरेका छन् ।कार्यक्रमलाई संवोधन गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता गरेर भेलामा सहभागि हुन आग्रह गरिन् ।

केपी ओलीको अहंकार र व्यक्तिवाद गुटगत राजनीति र भजन मण्डलीको चहनाले पार्टी विकराल अवस्थाको श्रीर्जना भएको जनाएका उनीहरुको भनाई छ । ओलीकै कारण एमाले र माओवादीको एकिकरण भाडिएको आरोप लगाएका वरिष्ठ नेता माधव कुमार नेपालले सवै विखण्डनको जड अध्यक्ष ओली रहेको आरोप लगाए ।

ओलीकै कारण नेकपा फुटेको भन्दै ओलीले म पहिलो अध्यक्ष भएको भन्दै रट्टान मारेको नेपालको टिप्पणी छ
दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबाट दुई तिहाइ बहुमत प्राप्त गरेपनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी र सरकार दुवै एकलौटी चलाउन खोजेको आरोप लगाए । तीन बर्षे कार्यकालमा तीनवटा बजेट,तीनवटा नीति तथा कार्यक्रम आएपनि पार्टीसंग कुनै पनि सल्लाह नगरेको आरोप लगाएका वरिष्ठ नेता झलनाथ खनालले सरकार निर्माण तथा योजना आयोगमा समेत ओलीले आफ्ना आशेपासे र धुपौरेलाई मात्र स्थान दिने प्रविर्तिका कारण पार्टी यस्तो अवस्थामा आएको आरोप लगाए ।

यसरी नेपाल- खनाल समुहले बृहत कार्यकर्ता भेला गरेको र एमालेको आधिकारी भएको दावी गरेपनि ओली पक्षले भने गुटको भेला भएको र उक्त भेलामा सहभागी नहुन निर्देशन समेत दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *