५५ बर्ष माथिका नागरीकलाइ लगाउने भनेको खोप अभियान स्थगीत

काठमाडौं ,चैत ४ l सरकारले दोश्रो चरणमा १० दिन ६५ बर्ष माथिको जेष्ठ नागरीकलाई र १० दिन ५५ बर्ष माथिका नागरीकलाइ खोप लगाउने योजना बनाएपनि खोप अभाव हुदा हाललाई अभियान स्थगित गरेको हो ।
सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख खोप आउन बाँकि रहेको र आपूर्ती भएपछि अभियान पुन सन्चालन गर्ने जनाएको छ । माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएसँगै विभिन्न चरणमा गरि चैत ३ गतेसम्म चलेको थियो ।
सो अभियानमा १६ लाख ४४ हजार ५सय ५८ जनाले कोरोना बिरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको ८ हप्तापछि देखि १२ हप्ताको बीचमा लगाउनुपर्नेछ । यसैबीच खोपको दोस्रो मात्रा आगामी बैसाख ७ गतेदेखि लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।