ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना खोपको असर वयस्कमा भन्दा जेष्ठ नागरिकमा कम

काठमाडौं ,चैत ३ । कोरोना विरुद्धको खोप लगाएकामध्ये वयस्क उमेरका ब्यक्तिको तुलनामा ज्येष्ठ नागरिकमा खोपको असर कम देखिएको छ । बयस्क ब्यक्तिहरुमा खोप लगाएको दुइदिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने जस्ता सामान्य समस्या देखिएपनि ज्येष्ठ नागरिकहरुमा भने त्यस्तो असर कम देखिएको टेकु अस्पतालले गरेको सर्वेक्षणले देखाएको छ l

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले गरेको सर्वेक्षणमा वयस्क ब्यक्तिको तुलनामा ६५ बर्ष माथिका नागरीकमा खोपको असर कम देखिएको छ । कोरोना विरुद्धको खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने ,शरिर दुख्ने जस्ता समस्या देखिए पनि पाको उमेरका अधिकांश ब्यक्तिमा त्यस्तो समस्या नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा अनुप बास्तोला बताए ।

पहिलो चरणमा खोप लगाउनेहरुमा त्यति उत्साहपुर्ण सहभागीता नरहेको र धेरैमा दुविधा देखिएपनि दोस्रो चरणमा ज्येष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । खोप लगाउन आउने जेष्ठ नागरीकमा खुशीसँगै एक प्रकारको डर भने कायमै रहेको अभियानमा संलग्न स्वास्थ्यकर्मीहरु बताउछन ।

विश्वका अधिकांश मुलुकमा खोपको हाहाकार भैरहेको अवस्थामा नेपालमा खोप लगाउन पाउनु खुशीको कुरा भएको उनीहरु बताउछन ।

चैत ४ देखि ५५ बर्षभन्दा माथिकालाई खोप लगाउने योजना भएपनि २३ लाख ४८ हजार डोजमध्ये १६ लाख डोज खपत भैसकेको छ । साँढे सात लाख डोज बाँकी रहेको अवस्थामा लक्षित वर्गलाई पहिलो डोज र पहिलो चरणमा लगाएकाहरु लाई बैशाख ७ देखि दोश्रो डोज दिलाउन खोप नपुग हुनेभएको छ ।

सरकारले खरिद गरेको २० लाखमध्ये आउन बाँकी १० लाख डोज समयमा नै आपूर्ती हुन नसक्दा खोप अभियान प्रभावित हुने देखिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *