५५ बर्ष माथिका नागरिकलाई थप खोप आएपछि मात्र लगाइने
5 - 5Shares

काठमाडौं ।सरकारले फागुन २३ गते देखि दोश्रो चरणमा खोप अभियान सन्चालन भइरहेको छ ।सरकारले दोश्रो चरणमा ६५ बर्ष भन्दा बढिका जेष्ठ नागरिक लाई १० दिन र चैत ४ गते देखि १० दिन ५५ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने सरकारको योजना भए पनि खोपको उपलब्धता नभएको भन्दै ५५ बर्ष माथिको नागरिकलाई थप खोप आएपछि मात्र खोप अभियान सन्चालन गर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमले सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएकोले प्राथमिकता अनुशार खोप अभियान सन्चालन हुन नसकेको बताए ।
सरकारले खरिद गरेको १० लाख खोप आउने वित्तिकै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुका लागि खोप अभियान संचालन गर्ने बताए ।
खोप खरिदका लागि सरकारसँग बजेट भएको र खरिद प्रक्रिया पनि अघि बढिसकेको बताए। नेपालमा हालसम्म ५ प्रतिशत जनसंख्यालाई खोप दिइएको छ । नेपालमा हालसम्म १६ लाख ५ हजार ७०६ जनालाई खोप लगाइएको छ।