ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फुटबल एकेडेमी सञ्चालनमा आउने

काठमाडौं, चैत ३ । फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने भएको छ ।

आयोजक काठमाडौं किर्कसले मंगलबार पत्रकार सम्मेलन गरी प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोही कार्यक्रममा काठमाडौं किर्कसले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका स्कटिस प्रशिक्षक लि मेनसनलाई अनुबन्ध पनि गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा एकेडेमी सञ्चालनमा ल्याउने काठमाडौं किर्कस प्रालिका अध्यक्ष नविन पाण्डेले बताउनु भयो ।

६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर गरी तीन समूहमा विभाजन गरि सञ्चालनमा ल्याइने एकेडेमीमा स्कटिस प्रशिक्षक लि मेनसनले अनुबन्ध भएका खेलाडीलाई प्रशिक्षण गराउने छन् । प्रशिक्षण शुक्रबारबाट सुरु हुनेछ ।

एकेडेमीमा प्रशिक्षकको रुपमा अनुबन्ध भएका लि मेनसनले एसियाली प्रतियोगिता, एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा सहभागि भएका क्लब तथा देशलाई प्रशिक्षण गरेको अनुभव छ । नेपालको फुटबल एकेडेमीमा अनुबन्ध भएका लि मेनसनले नेपालमा फुटबलको क्रेज निकै भएको र सम्भावना पनि उत्तिकै भएकोले फुटबल एकेडेमीमा जोडिन आएको बताउनु भयो ।

ग्रासरुट देखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि एकेडेमी सञ्चालनमा ल्याउन लागिएको सञ्चालको भनाई छ । यस्तै कोरोनाको कारण रोकिएको फुटबल प्रशिक्षण पुनः सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *