चिवा भञ्ज्याङको पिलर ४७/२ पर्यटन तथा राष्ट्रियताको पर्याय
फिदिम चैत्र ३ । लेकाली फूल फुलेको बेला र विभिन्न चाड पर्वको अवसरमा आन्तरिक पर्यटकका लागि चिवा भञ्ज्याङ रोजाइको केन्द्र बनेको छ । गुराँस र चिमल ढकमक्क फुलेको मृग, भालु, चित्तल, कालेज, घोरल, वनकुकुर जस्ता वन्यजन्तु चिराइतो, बूढोओखती, पाखनवेद, सतुवा, पाँचऔले चिमाल लगायतका जडीबुटी संगै नेपाल र भारतको अध्ययन अगर्न चाहनेका लागि पूर्ण प्याकेजको रुपमा विकास हुदैं गएको छ । नेपाल र भारतको सिमाना मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु- ५, चिवा भञ्ज्याङ
हरियाली वनजंगल, फराकिला फाँट, दुर्लभ मानिले वन्यजन्तु र जडीबुटी पाइने मनमोहक चिवा आन्तरिक पर्यटकका लागि र राष्ट्रियाको पुलकित हुने स्थान बनेको छ । चिवा पुग्ने जोकोही सिमा स्तम्भ ४७/२ मा आफ्नो राष्ट्रप्रेम पोख्ने गर्छन् ।
पाचथर । सदरमुकाम फिदिमदेखि ९५ किलोमिटर दुरीमा रहेको चिवासम्म मध्यपहाडी लोकमार्गको उद्गम स्थल पनि हो । यस्तो अवस्थामा भारत तर्फबाट पनि सडक ल्याउन सके पुर्वको अर्को उत्कृष्ठ नाका र पर्यटन तथा व्यापार विकास गर्न सकिने स्थानियको भनाई छ ।

तस्विर: सिताराम निरौला र विष्णु खनालको वालबाट