ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भक्तपुर नगरपालिका वाड नं ५ च्याम्पियन

काठमाडौं, चैत ३ । राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वाड नं ५ च्याम्पियन भएको छ ।

लैनचौर स्थित टेबल टेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वाड नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।
पहिलो खेलमा भक्तपुर ५ की दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर नगरपालिका २ की क्यारिना सुवालले भक्तपुर नगरपालिका ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन् । तेस्रो खेल अन्र्तगत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडिलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडिले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए ।तर चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवालाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो ।

अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो ।
प्रतियोगितामा मंगलबरै पुरुष टिम इभेन्ट्समा पहिलो क्वाट्रफाइनल खेल सम्पन्न भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो ।

त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ ।महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *