ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार र सभामुखको टकरावका कारण बन्दी बनेको संसद

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं चैत्र ३ । संसद पुन स्थापनि पछि बसेको प्रतिनिधि सभाको तेस्रो बैठक केही मिनेटमा सकियो । सभामुख अग्नी सापकोटाले राखेको सोक प्रस्ताव पारीत गर्दै चैत्र ६ गते दिउँसो एक बजे बैठक बस्ने गरी सकियो । एमालेका पूर्व सांसद दिनेशचन्द्र यादवको निदनको सोक प्रस्ताव पारीत गर्दै सकिएको हो । त्यसो त प्रधानमन्त्री र सभामुखको टकरावका कारण प्रतिनिधिसभा बैठक मुख्य कार्यसूचीमा प्रवेश नै गर्न सकेको छैन ।

प्रतिनिधि सभा पूर्नस्थापना पछिको फागुन २३ गतेको पहिलो बैठकलाई चौतर्फी चासोका साथ हेरिएपनि कार्यसूची नै हेरफेर गरि केही समय चलेर बैठक स्थगित भयो । सरकारले अध्यादेश अघि बढाउन खोजेपनि प्रतिपक्ष कांग्रेस र जसपाले रोष्टम घेरे भने सत्तारुढ एमालेकै नेपाल खनाल समूह र माओवादी केन्द्रले बैठक बहिष्कार गर्यो । त्यस लगत्तै दोस्रो बैठकमा पनि शोक प्रस्ताव पारित गर्दै बैठक चलेको केही मिनेटमै सकियो । तेस्रो बैठकमा ९ महिनादेखि संसदमा छलफल भएका विषयवस्तुमा छलफल होला भन्ने आशा पनि केवल शोक प्रस्ताव पारित र सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु मनोनयन बाहेक कुनै काम हुन सकेन ।

अदालतको फैसलापछि पुनर्स्थापित संसदमा दलहरु विचका विवाद मन्थन हुने र निकास निस्किदै जाने अपेक्षा धेरैको थियो । तर सरकार र संसद विचको दुरी बढदै जान थालेको छ । प्रधानमन्त्री स्वयंले सभामुखलाइ सेटिङकको आधारमा चलेको आरोप लगाउनुले कार्यपालिका र ब्यवस्थापिका विचको संबन्ध थप कमजोर बन्दै गएको आभास हुन थालेको छ ।

जनप्रतिनिधिको मुख्य थलो प्रतिनिधिसभा किन यस्तो अन्योल र सकमसपूर्ण अवस्थामा ग्रुजिएको होला ? २०७७ असार १८ गते अन्त्य भएको अधिवेशनपछि प्रतिनिधिसभा भंग हुदै सर्वोच्चले पूर्नस्थापना गरेपछि झन् सशक्त रुपमा देश र नागरिकको विषयले प्राथामिकता पाउनुपर्ने हो । तर त्यस्तो हुनुको सट्टा सरकारले विजनेश विहिन बनाउदै ठोस प्रस्ताव अगाडी बढ्न नदिएर उल्झन खडा गरेको प्रतिपक्ष दलहरुको आरोप छ ।

नेकपा विभाजन र सर्वोच्चको फैसलाले कार्यब्यवस्था परामर्श समितिको समेत सभामुखले पहिलो र दोस्रो बैठक अघि राख्न सकेनन् । सोमबार कार्यब्यवस्थाको बैठक राखेपनि कानूनमन्त्री र सभामुखको विवादका कारण प्रतिनिधिसभा बैठक औपचारिकतामै सीमित भएर तेस्रो पटक पनि सकिएको छ ।

सांसदहरुले शून्य र विशेष समयसम्म पाउन सकेका छैनन भने जनताको पीरमर्का र समस्या उठ्नै पाएको छैन । संसदीय अभ्यासमा संसदलाइ सरकारले विजनेश दिन नचाहने र सभामुखले सबै दललाइ विश्वासमा लिन नसक्दा प्रतिनिधिसभाका बैठक औपचारिकतामै सीमित हुन विडम्वनापूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *