ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निगमको मुल्यबृद्धिको श्रृङ्खला रोकिएन, पुन: पेट्रोलिय पदार्थमा २ रुपैयाँले मूल्यबृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार निगमले चैत्र ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले मूल्य बढाएको छ ।

यो मूल्य समायोजनसँगै पेट्रोल ११८ रुपैयाँ र डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रति लिटर रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानतर्फ हवाई ईन्धनको ७४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

एलपी ग्यास तथा अन्तर्राट्रिय उडान तर्फ हवाई ईन्धनको  मूल्य भने यथावत नै रहेको छ । यो बृद्धिले पनि निगम अझै घाटामै रहेको  निगमले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *