सिन्धुली माडिमा बाेलेराे दुर्घटना, ४ जनाकाे मृत्यु, ७ घाईते

सिन्धुली ३, चैत्र । सिन्धुलीको कमलामाई नगरपालिका ७ करमडाँडामा बाेलेराे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।मंगलबार सिन्धुलीमाडी बजारबाट कमलामाई नगरपालीका ४ काे बाँसकटेरीतर्फ गईरहेको डबल क्याप बाेलेराे करमडाँडामा दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ l

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका रहेका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।११ जना यात्रु सवार रहेकाे बताईएकाे बाेलेराेमा दुर्घट्नामा ७ जना घाइते भएका छन् |

कमलामाई नगरपालिका ४ बाँसकटेरीका २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाईते भएका छन् ।

घाईते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घाईतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले उद्धार गरी सिन्धुुली अस्पतालमा उपचारका लागि ल्याईएकाे जिल्ला प्रहरी सिन्धुलीले बताएको छ|घाईतेलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना के कारणले भएकाे भन्ने खुल्न भने सकेकाे छैन ।