ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कपिलवस्तुमा १ महिला ४ किलाे चरेस सहित पक्राउ

कपिलबस्तु, चैत्र ३ |
कपिलवस्तु जिल्लाको कृष्णनगरबाट लागुऔषध चरेश सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा ४ किलो लागु औषध चरेश सहित कृष्णनगर बसपार्कबाट ती महिलालाई पक्राउ गरेको हो ।

कृष्णनगर बसपार्क हुँदै भारत तर्फ पैदल हिंडी जादै गरेकी जिल्ला रोल्पा परिवर्तित गाउपालिका वडा नं. २ राङ्सी बस्ने ३४ वर्षकी पुर्णिमा घर्तिमगरलाई अाशंकामा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएकाे कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।
महिलाको सुरूवाल भित्र एङलेड (निक्याप)मा लुकाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कपिलवस्तुले बताएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *