ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘कही नभएको जात्रा नेकपा एमालेमा’

काठमाडौं चैत्र ३ । सर्वोच्च अदालतको फैसलापछि ब्युतिएको नेकपा एमाले फूटकै संघार पुगेको छ । सत्ता शक्ति र स्वार्थका कारण नेतृत्वबीचको टकरावले पार्टी क्षतविक्षत भैरहदा कार्यकर्ता पंक्ती भने निराश छ । कार्यकर्ताहरु एकताकै पक्षमा रहेपनि मंगलबार पार्टीको तिन खेमाको छुट्टाछुट्टै कार्यक्रम रोचक देखिन्थ्यो । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली बालुवाटारमा आफुनिकट नेता तथा सांसदसँग चियापानमा ब्यस्त हुदा एकता भन्दै मझधारमा उभिएका उपाध्यक्ष वामदेव गौतम छुट्टै छलफलमा थिए । भते वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले बुधबार र बिहिबार आयोजना हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे पत्रकार सम्मेलन गर्दै थियो ।

नेतृत्वविचको लडाइले पार्टी क्षतविक्षत भैरहदा कार्यकर्ता भने एकताको झिनो आश बाँकि नै रहेको बताउछन । अनेरास्ववियुका नेता सुवास ढंगाना पार्टी विभाजनको संघारमा पुग्दाँ आफुहरु जस्तो तल्लो तहका नेता तथा कार्यकर्तमा समस्या हुने गरेको अनुभ सुनाउछन् । त्यसैले व्यक्तिगत स्वार्थलाई छोडेर लामो इतिहास भएको पार्टी जोगाउनु पर्ने उनको भनाई छ । फागुन २८ गतेको निर्णय फिर्ता प्रधानमन्त्री ओलीले गरे पार्टी एकता पुरानै अवस्थामा फर्कन सक्ने उनको भनाई छ । जस्का लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले ठूलो मन गर्नु पर्ने उनको भनाई छ ।

निर्वाचनबाट जनादेशप्राप्त दल गुटगत र व्यक्तिगत कलहमा अल्झिँदा नागरिक निराश छन् । २०७४ को निर्वाचनमा तालमेल गर्दै पार्टी नै एक बनाएका एमाले र माओवादी केन्द्र अन्तर्विरोध व्यवस्थापन नहुँदा पुनस्एकता अघिको अवस्थामा फर्काएसंगै एमाले भित्रको संघर्ष उत्कर्षमा पुगेको हो । सोमबार  एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालविच बार्ता भएपनि आ-आफ्नै अडानका कारण सम्बन्ध सुधार हुने संकेत क्षीण हुदै गएको छ । सोमबारको छलफलले पार्टी एक ठाउँमा आउने अपेक्षा गरेका अनेरास्वियुका अर्का नेता महेश श्रेष्ठ नेताहरुको यस प्रकारको कृयाकलापको अन्त्य हुन पर्ने मत राख्छन् । उनी पनि सर्वोच्चको फैसलाबाट सवै एमाले समान र एक ठाउँमा भएकाले आपसरी तिक्तता त्याग्न सक्नु पर्ने धारणा राख्छन् ।

एमाले फुटको संघारमा रहेको समयमा गुटगत भेला र छलफल तिव्रता पाएको छ । यस्तो अवस्थमा पनि गुटको भेलामा सहभागी नेताहरु नै पार्टी एकढिक्का बनाउने प्रयास जारी रहेको जिकर गर्न छोडेका छैन्न । माधवकुमार नेपाल  र झलनाथ खनाल समुहले आयोजना बुधबार र विहिबार आयोजना गर्न लागेको कार्यकर्ता भेलाको तयारीको विषयमा पत्रकार सम्मेलन गर्यो । सो पत्रकार सम्मेलनमा पुगेका सचिव योगेश भट्टराईले पार्टी आफुहरु नफुटाउने भन्दै पार्टी एकताका लागि प्रयास गरिरहेको दावी गरे ।

त्यस्तै अर्को भेला गरेका उपाध्यक्ष बामदेव गौतमले आफुहरु एकताको पक्षमा लडिरहेको बताउदै अव पनि एकताकै पक्षमा रहेको दावी गरे । ओलीले आयोजना गरेको चियापान बहिस्कार गरेका र नेपाल- खनाल समुहले आयोजना गर्ने भेलामा समेत नजाने बताएका गौतमले पार्टी अध्यक्षले फागुन २८ गतेको निर्णय फिर्ता लिनु पर्ने बताएका थिए । फागुन २८ को त्यही निर्णय हो केपी ओलीले अध्यक्ष र महासचिव पद बाहेक सवै खारेज गर्दै नेपाल समुहलाई चिड्याएका थिए ।

यसरी आम कार्यकर्तामा एक हुनु पर्ने आवाज उठिरहेको समयमा शिर्ष नेताका अभिव्यक्तिबाट भने पार्टी एक रहने संभावान कम बन्दै गएको छ । नेपाल – खनाल समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त समुहका प्रभावसाली मनिएका नेता तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली नै कारवाहीको भागिदार रहेको बताउदाँ प्रधान्त्री केपी ओलीले चियापान कार्यक्रममा नेपाल- खनाल समुहले आयोजना गर्ने कार्यकर्ता भेलामा आफ्नो दृष्टी रहेको भन्दै कारवाही गर्ने चेतावनी नै दिए ।

एमाले नेपाल- खनाल समुहले बुधबार र बिहिबार गर्ने कार्यकर्ता भेलामा स्थानिय तहसम्मका दुई हजार भन्दा धेरै कार्यकर्ता उतार्ने दावी गर्दा ओली समुहले सात गतेलाई बैठक डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *