ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीले नयाँ जनादेशको विषय उठाएपछि राष्ट्रपातिकै अगाडी ओलीमाथि खनिए नेताहरु

काठमाडौं चैत्र ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशमा जाने भनेपछि नेताहरु आक्रोसित भएका छन । मुलुकको वर्तमान गतिरोध चिर्न राष्ट्रपतिले सर्वदलिय बैठक बोलाएपनि अन्तत प्रधानमन्त्रीकै कारण असहज स्थितिको माहोल बनेको सहभागि एक नेताले बताए ।

करिव एक घण्टा लामो छलफलमा राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा आफू चिन्तित रहेको बताउँदै दलहरु मिलेर अघि बढ्न आग्रह गरेकी थिइन् । सो लगत्तै प्रधानमन्त्री ओलीले अबको राजनीतिक निकासा ताजा जनादेश भएको बताएपछि नेताहरु रुष्ट बनेका थिए । ‘ ताजा जनादेशमार्फत नै दुई तिहाइ मत सहितको सरकारको नेतृत्व तपाइले नै गर्नु भएको होइन र ‘ भनी बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *