देशभर १ १४ जनामा संक्रमण पुष्टि

काठमाडौं,चैत ३। देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको २ हजार ७ सय ९० वटा नमुना परीक्षणमा देशभर १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमण हुने संख्या २ लाख ७५ हजार ४ सय २४ जना रहेका छन् ।
कोरोनाका कारण हालसम्म ३ हजार १४ जनाले ज्यान गुमाएका छन् । देशभर गत चौबीस घण्टामा ९४ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७१ हजार ४ सय ९५ जना रहेका छन् । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ६ रहेको छ ।
पहिलो खोप लगाएको ८ हप्ता देखी १२ पुरा भएपछी ७० प्रतिशत सम्म प्रभावकारी रहेकोले सरकारले समयमा नै दोश्रो डोज खोप लगाउन जती सक्दो चाडो खोप खरिद गरेर ल्याएर सरकारले सक्दो प्रयास गरीरहेको प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।
देशभर क्वारेन्टिनमा ५१ जना र संक्रिय संक्रमित ९ सय ५१ जना रहेका छन् । कोरोना भाइरस विरुद्धको खोप दोश्रो चरणको खोप फागुन २३ गते देखी १० दिन सम्म सन्चालन भइसकेको छ । पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाइ खोप लगाउने योजना थियो जसमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाइ खोप लगाएको थियो ।
भने दोश्रो चरणमा ६५ बर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ थियो ।जसमा ११ लाख ६६ हजार ८ सय २७ जनाले खोप लगाइसकेका छन् । पहिलो र दोश्रो चरणमा गरी सरकारले