ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुटगत भेलामा नजान निर्देशन दिदै ओलीले भने भोलीको भेला कस्तो हुन्छ त्यो पनि हेरिन्छ

काठमाडौं चैत्र ३ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले नेता कार्यकर्तालाई गुटगत भेलामा सहभागि नहुन निर्देशन दिएका छन् ।

बालुबाटारमा जारी चीयापान कार्यक्रमलाई संवोधन गर्दै कुनै गुटगत भेला तथा कार्यक्रममा नजान निर्देशन दिएको हो । आफु पार्टी एकताका लागि रहेको समयमा बैठक बसेरै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले बोलाएको चियापानमा बैठकबाट नै निर्णय गरेको भन्दै अचम्मम भएको प्रतिकृया दिए ।


नेपाल- खनाल समुहले भोली आयोजना गरेको भेलालाई लक्षित गर्दै ओलीले त्यसतर्फ आफ्नो नजर रहने समेत जनाएका छन् । सत्यको पक्षमा सधै लड्ने र अस्तयलाई कहिलै साथ नदिने उनको भनाई छ ।

ओलीले आयोजना गरेको चियापान कार्यक्रम नेपाल- खनाल समुहले बहिस्कार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *