कांग्रेसको मौनताले राजनीति उल्टो दिशामा जाँदैछ- वरिष्ठ नेता पौडेल

काठमाडौं चैत्र ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्व ढुलमुले अवस्थामा रहनु नहुने बताएका छन् ।
पूर्णप्रसाद–मायादेवी शान्ति पत्रकारिता पुरस्कार वितरण गर्दै नेता पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता रहस्यमय भएको समेत दावी गरेका छन् ।
महामन्त्री शशांक कोइरालाको घरमा बसेको बैठकबाटै आफूले सभापतिलाई फोन गरेको गरेर जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ भने पनि सभापति अहिलेसम्म मौन बस्नु रहस्यमय भएको उनको भनाई छ ।
जनता समाजवादी पार्टीका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छु भनेर आश्वासन दिएको छ, त्यो कांग्रेसले पनि गर्छ भनेर साथ लिनुपर्ने उनको भनाई छ । ‘यस्थास्थितिमा हामी रहने हो भने फेरि पनि राजनीति उल्टो दिशामा जाँदैछ ।’ उनको भनाई छ ।
‘यहाँ थरीथरीका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरु चलिरहेका छन् ।
हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान नदिएर आफ्नै हातमा राख्नुपर्छ । हाम्रो देशको संविधान, प्रणालीको रक्षा हामी आफैंले गर्नुपर्छ ।’ पौडेलले थपे ।