राष्ट्रपतिले लगाइन कोरोना बिरुद्धको खोप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस विरुद्दको खोप लगाएकी छिन् ।
राष्ट्रपति भण्डारी सोमबार अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना विरुद्दको कोभिसिल्ड खोप लगाएकी हुन्। कोरोना विरुद्धको खोप लगाएपछि राष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने र जोखिममा रहेकालाई प्राथमिकतामा राखेर खोप अभियान सन्चालन गरेकोमा धन्यवाद दिनुका साथै खोप अभियानमा प्राथमिकतामा परेकाहरु सबैलाई सहभागि हुन र ढुक्क भएर खोप लगाउन आग्रह समेत गरेकी छन्।
फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान सुरु भएको थियो। यो अभियान अन्तरगत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको छ। नेपालमा हालसम्म १६ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन्।
