ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आन्तरिक लोकतन्त्र कम्जोर हुदाँ नेकपा एमाले फुटको संघारमा, ओली र नेपालको भेटले पनि रोकेन गतिरोध

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं चैत्र २ । दुई तिहाइ बहुमत सहित शत्ता सम्हालेको नेकपा राजनीतिक रुपमामात्र विभक्त भएको कानुनले नै उनीहरुलाई अलग पार्यो । नेकपा कायम रहेका समयमा पुर्ववत नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पनि दुवै समुहमा विभाजित भएका छन् । नेकपा एमालेका सवै सासदहरु एमालेमा नै फर्किए पनि आन्तरिक संघर्ष उत्कर्षमा छ ।

नेपका एमालेका ओली समुह र नेपाल – खनाल समुहले समानान्तर समिति नै गठन गरेका छन् भने फरक फरक समयमा बैठक आह्वान समेत गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालविच ४ महिनाको संवाद हिनता चिर्दै सोमबार पहिलो पटक छलफल भएको छ । प्रधानमन्त्री केपी ओलीले बालुबाटारमा छलफलका लागि आग्रह गरेपनि माधव नेपालले नमानेपछि पार्टी कार्यलयमा छलफल भएको थियो ।

पार्टी बाहीर अविश्वासको प्रस्ताव तयारी भएको र पार्टी भित्र पनि वरिष्ठ नेताहरु नै रुष्ट बनेपछि पहिलो पटक ओली लचिलो बनेका हुन् । आफुनिकट नेताहरु साथमा राखेर छलफल गरेका हुन् । छलफलमा सहभागी नेकपा एमालेका नेता रघुजी पन्तले बैठक सकारात्मक भएपनि विना निस्कर्ष टुङ्गिएको जनाए । तेस्तै नेकपा ‌एमालेका उपाध्यक्ष भीम रावलले २८ गतेको निर्णय फिर्ता लीनु प्रस्ताव राखे पनि निर्णय ओली पक्ष निर्णय फिर्ता लिन नचाहेको प्रतिकृया दिदाँ ओली समुहका नेता प्रदिप ज्ञवालीले भने पुनरावलोकन गर्न सकिने जानकारी दिए ।

दुई शिर्ष नेताहरु नै भेट गरेर छलफल हुन नसकेपनि विभिन्न तहमा छलफल हुने उनको भनाई छ । छलफल सकारात्मक भएको दावी गरिरहदाँ नेपाल- खनाल समुहले भने भोलीका लागि निर्धारण गरिएको कार्यक्रम कायम राख्ने र ओलीको चियापना बहिस्कार गर्ने निर्णय गरेको छ । यसरी नेकपा एमाले फुटको संघारमा पुगेका समयमा राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईले भने आन्तरिक लोकतन्त्रको कम्जोर अवस्थाका कारण भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *