ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सत्तारुढ एमाले संसदलाई अगाडी बढाउने मानसिकतमा नरहेको भन्दै कांग्रेसको आक्रोष, कांग्रेस भन्छ ओलीलाई प्रधानमन्त्रीबाट तत्काल हटाउनु पर्छ

काठमाडौं चैत्र २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा केपी ओलीलाई सत्तामा बस्ने अधिकार नभएको बताएका छन् ।

पर्वतमा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले संविधान, विधि र पद्धति बाहिर काम गर्ने प्रधानमन्त्री ओलीलाई सत्तामा राखिराख्न नहुने बताएका हुन् । प्रतिनिधिसभामा एमाले बाहेकका सवै शक्ति मिलेर अविस्वासको प्रस्ताब लगेर ओलीलाइ हटाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओली नेतृत्वले ३ बर्षमा राजनीति विकृत बन्न थालेको भन्दै कांग्रेसको यसलाइ सुधार लानुपर्ने पौडेलको भनाइ छ । अब कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल भैइरहेको उनको भनाई छ ।

त्यस्तै सत्तारुढ नेकपा एमाले संसदलाई अगाडी बढाउने मानसिकतामा नरहेको आरोप समेत लगाएको छ । संसदको कार्य व्यवस्था तथा परामर्श समितीको बैठकपछि नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँड सत्तापक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अगाडी बढाउने पक्षमा नरहेको आरोप लगाएका हुन् । बैठक पछि सञ्चारकर्मीसंग छलफल गर्दै मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *