ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपर लिग फुटबल: विशाल धनगढीको मार्की खेलाडी

काठमाडौं चैत्र २ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपा सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी घोषणा गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाललाई आज एक कार्यक्रमकाबीच धनगढीले मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको हो । कार्यक्रममा टिम धनगढीका तर्फबाट मालिक सुबास शाही र विशालले पहिलो सिजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि विशालले टिमलाई उपाधि दिलाउनेतर्फ ध्यानदिने बताए ।

‘म मार्की खेलाडी बनेकोमा खुसी छु सम्झौता हस्ताक्षरपछि विशालले हाँस्दै भने, ‘मैले सानो कार्यक्रम होला भनेर सोचेको थिएँ, तर यो निकै महत्वपूर्ण रहेछ । विशालले फ्रेन्चाइज फुटबलले नेपाली खेलाडीहरुलाई थप व्यवसायीक बनाउने भन्दै खुसी व्यक्त गरे । विशाल पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । उनले नेपाली टोलीमा नियमित स्थान बनाउँदा बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र दक्षिण एसियाली खेलकुद सागमा नेपाली टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । यस्तै विशालले शहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लब र अघिल्लो संस्करणको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द« फुटबल क्लबबाट समेत खेलिसकेका छन् ।

अघिल्लो संस्करणमा विशालको प्रेरणादायी प्रदर्शनमा मछिन्द्रले लिगको उपाधि जितेको थियो भने उनी लिगको उत्कृष्ट मिडफिल्डर बनेका थिए । विशालले सन् २०१५ अगष्ट ३१ मा राष्ट्रिय टोलिमा डेब्यू गरेका थिए । उनले नेपालका लागि १९ खेलमा ३ गोल गरेका छन ।विशाललाई मार्की खेलाडी चुनेको धनगढी एनएसएलमा सहभागी हुने सात टोली मध्धे मार्की खेलाडी छनोट गर्ने पहिलो टिम बनेको छ । धनगढीले मार्की खेलाडीसँगै प्रशिक्षक र विदेशी खेलाडी छनोटको प्रकृया समेत सुरु भएको जनाएको छ । एनएसएलमा सहभागी ७ टोलीले एकएक जना मार्की खेलाडी, एकएक प्रशिक्षक र ३ विदेशी खेलाडी राख्न पाउनेछन् ।


अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्टले वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा एनएसएल आयोजना गर्न लागेको छ . उत्त प्रतियोगितामा यसअघि धनगढी प्रिमियर लिग डीपीएलको आयोजना गरिसकेका सुबास शाहीले टिम खरिद गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *