ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ७५ जना डिस्चार्ज

काठमाडौं,चैत २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा अपडेट गर्दै आएको कोरोना अपडेटमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ३ सय ११ वटा नमुना परीक्षणमा देशभर७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुने संख्या २ लाख ७५ हजार ३ सय १० जना रहेका छन् । कोरोनाका कारण ३ हजार १४ जनामा मृत्यु भएको छ । गत चौबीस घण्टामा ७५ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७१ हजार ४ सय १ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ६ रहेको छ ।

देशभर क्वारेन्टिनमा ४४ जना र संक्रिय संक्रमित संख्या ८ सय ९५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *