ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको खोपको अभियान स्थगित हुन सक्ने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, चैत २ । सरकारको लक्ष्यअनुसार खोप आपूर्ति हुन नसकेपछि कोरोनाविरुद्धको खोप अभियान प्रभावित हुने भएको छ । पहिलो चरणमै समेटनु पर्ने दिर्घरोगी र ५५ बर्ष माथिका नागरीकहरुलाइ खोपकेन्द्र व्यवस्थापन नहुँदा प्राथमिकता नै बदलियो भने दोश्रो चरणमा खोप उपलब्ध नभएका कारण अभियान नै स्थगीत हुने सम्भावना बढेको छ ।

नेपमलमा माघ १४ गते देखि कोरोनाविरुद्धको खोप अभियान सुरु भइरहेको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सञ्चार, कुटनीतिक नियोग र बैंक तथा वित्तीय क्षेत्रका गरी ४ लाख २७ हजार भन्दा धेरैलाइ खोप प्रदान गरीएको थियो ।

फागुन २३ गते देखि दोश्रो चरणको खोप अभीयान सुरु गरीएको थियो । जसमा देशभरका ६ हजार खोप केन्द्रबाट ६५ बर्ष माथिका १७ हजार भन्दा धेरै जेष्ठ नागरिकलाइ खोप लगाउने सरकारको लक्ष्य रहेको छ । जसमा १० दिनसम्म खोप दिलाउने अभियान चलेको छ ।

चैत ४ देखि ५५ बर्षभन्दा माथिकालाई खोप दिलाउने योजना भएपनि २३ लाख ४८ हजार डोजमध्ये १६ लाख डोज खपत भैसकेको छ । मात्र साँढे सात लाख डोज बाँकी रहेको अवस्थामा लक्षित वर्गलाई पहिलो डोज र पहिलो चरणमा लगाएकाहरुलाई बैशाख ७ देखि दोश्रो डोज दिलाउन खोप नपुग हुनेभएको छ । सरकारले खरिद गरेको २० लाखमध्ये आउन बाँकी १० लाख डोज आउने टुंगो नभएपछि स्वास्थ्य मन्त्रालय खोप अभियानलाई कसरी निरन्तरता दिने भन्ने दोधारमा छ ।

पहिलो चरणमा दुविधा रहेपनि दोश्रो चरणसम्म पुग्दा खोप अभियानमा उत्साहजनक सहभागिता रह्यो । सीमित कम्पनीहरुले उत्पादन गरिरहेको खोप चाहिएजति खरीद गर्नसक्ने अवस्था नरहेकाले पनि खोपको उपलब्धतामा चुनौति थपिएको छ ।

खोपको उपलब्धता र अभियान व्यवस्थापनलाई नजरअन्दाज गरेर निर्धारण गरिएको प्राथमिकता दुइ पटकसम्म परिवर्तन भैसकेको छ । प्राथमिकता बदलेर तेश्रो चरणमा खोप दिलाउने भनिएका ५५ बर्षभन्दा माथिका नागरिकले चैत ४ देखि खोप पाउने टुंगो छैन । पुन: प्राथमिकता परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको सरकारले ५० लाख खोप खरीद प्रक्रिया अघि बढाएको बताएपनि खोप आउने र अभियानले निरन्तरता पाउने टुंगो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *