ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अप्राकृतिक शर्तहरु मानेर सरकारको नेतृत्व लिनुको अर्थ छैन : काँग्रेस सहमहामन्त्री महत

धनगढी, २,चैत । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लिन तयार रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले अन्य दलको नेतृत्वमा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे । वर्तमान सरकारको विकल्प जरुरी रहेको बताए । लोकतान्त्रिक मुल्य र मान्यतालाई मजबुत गर्न जरुरी रहेको बताए । नयाँ सरकार गठनका लागि अंकगणितको खेल शुरू भएको महतले बताए । नेकपा माओवादी र जसपासँग छलफल भइरहेको बताउदै सरकारको नेतृत्व पाए हामी सहभागी हुन सक्ने बताए , अन्य दलको नेतृत्वमा हामी सरकारमा नजाँने नेता महतले बताए ।

नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको समेत उहांले बताए । कांग्रेसको प्रमुख एजेन्डा आमनिर्वाचन हो, कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै उहांले अरुको नेतृत्वमा सरकारमा नजाने बताएका हुन् । आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए सरकारमा जान पनि सक्ने नेता महतको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *