ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा एमालेको बिबादको टुङ्गो लगाउन धुम्बारीमा बैंठक सूरु

काठमाडौं, चैत २ । एमाले बिबाद मिलाउन अध्यक्ष ओली, माधव नेपाल, विष्णु पौडेल सुवास नेम्वाङ, भीम रावल सहितका नेताहरु पार्टी कार्यालय पुगेका छन । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

विभाजनसँगै आ-आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल पार्टीमा ३ बर्षपछी पुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने मिलनविन्दुको खोजी हुन सक्छ । तर कोर्स धेरै अगाडी बढिसकेकाले मिल्ने संभावना भने कम रहेको विष्लेष्ण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *