ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिसिल्ड खोप लगाएपछि स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको भन्दै प्रयोगमा रोक

एजेन्सी।  अक्सफोर्ड युनिभर्सिटी र बेलायती कम्पनि एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोप (कोभिशिल्ड) लगाएका मानिसहरुमा स्वास्थ्य समस्या देखिन थालेको भन्दै विभिन्न सातवटा देशले  भ्याक्सिन प्रयोग गर्न नै प्रतिबन्ध लगाएको छ ।  डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन् । यी देशले उक्त भ्याक्सिनमाथि  अस्थायी रूपमा रोक लगाएका हुन् ।

युरोपमा अहिलेसम्म  ५० लाख व्यक्तिले यो भ्याक्सिन  लगाइसकेका छन् । यसमध्ये  झण्डै ३० जनामा रक्त नलीमा रगत जम्ने (ब्लड क्लाटिंग) समस्या देखिएको  छ ।
अस्ट्रियामा भ्याक्सिन लगाएका एक जनाको ‘ब्लड क्लाटिंग’  हुँदा  ‘पल्मोनरी इम्बोलिज्म’ का कारण मृत्यु भएको बताइए पनि भ्याक्सिनका कारण यो  समस्या उत्पन्न भएको हो वा होइन भन्ने पुष्टि भइनसकेको समाचार संस्था रोयटर्सले लेखेको छ । मृत्युबारे अन्तिम रिपोर्ट नआएसम्म  भ्याक्सिन प्रयोगमा  यी देशले अस्थायी बन्देज लगाएका हुन्।

थाइल्यान्ड र बुल्गेरियाले भने युरोपेली देशले प्रयोगमा रोक लगाएपछि आफूहरूले पनि भ्याक्सिन लगाउने अभियान स्थगित गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *