ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बयस्क मानिसहरुमा भन्दा जेष्ठ नागरिकहरुमा खोपबाट हुने साइड इफेक्ट कम रहेको _डा अनुप बास्तोला

काठमाडौं ,चैत २ । फागुन २३ गते खोप लगाउनु भएको ६५ बर्ष वा माथिका बुवाआमा लाई खोप लगाए पछि कस्ता समस्या देखिए भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलाले सोध्नु भएको थियो !

९४ जना उत्तरदाता मध्ये ६३ जना पुरुष हुनुहुन्थ्यो ! उहाँहरुको उमेर ७१ र उमेर को दायरा ६५ देखि ९१ बर्ष थियो ! सतचालिस (५०%) जना उत्तरदातामा खोप लगाएपछि कुनै न कुनै व्यक्तिमा समस्याको अनुभव तथा भोगाई थियो ! उत्तरदाताको व्यक्तिपरक अनुभव तथा भोगाईमा २४ (२६%) जनामा खोप लगाएको ठाउँमा दुखेको, १४ (१५%) जनामा शरीर दुखेको, १० (११%) जनामा जाडो लाग्या जस्तो भएको, ७ (८%) जनामा ज्वरो आएको, ५ (६%) जनामा थकान महशुस भएको, ५ (६%) जनामा रिंगटा लाग्या जस्तो महशुस भएको र १ -१ जनामा पखाला, जोर्नी को दुखाई र कमजोरी भएको बताउनु भयो । यस्ता किसिमका समस्याहरु सामान्य रुपमा आफै हराएको वा सामान्य उपलब्ध औषधिको प्रयोग बाट सन्चो भएको पनि बताउनु भयो ।

बयस्क ब्यक्तिमा भन्दा यो उमेर समुहमा खोपले गर्दा हुने समस्या कम रहेको छ । तर कोरोना संक्रमणको कारण ले सिकिस्त निमोनिया हुने जोखिमको समूह उमेर यही हो । विभिन्न किसिमका दिर्ग रोगहरु पनि यो उमेर समुहमा धेरै रहेको छ, जसको कारणले कोरोनको जटिलता बढ्ने खतरा अझ थपिन्छ ।

त्यसैले, सरकारले उपलब्ध गराएको खोपबाट कोहि पनि बाबा आमालाई बन्चित हुन नदिउ । मौकाको फाइदा उठाई सरकारको महाअभियान मा साथ दिऔ । साभार :शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन डा अनुप बास्तोलाको फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *