ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सेनाले आन्दाधुन्द गोली चलाउदा म्यानमारमा एकै दिन ३८ जनाको मृत्यु

एजेन्सी,चैत २ । म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शनका क्रममा आइतबार सुरक्षाकर्मीले अन्धाधुन्द गोली बर्साउदाँ ३८ प्रदर्शनकारीको ज्यान गएको छ ।

मुख्य शहर याङगुनमा भएको हिंसक झडपमा २१ र अन्य शहरमा गरी जम्मा ३८ जनाको गोली लागेर ज्यान गएको हो ।सुरक्षाकर्मीले याङगुनको हलिङ्ग थारयार इलाकामा प्रदर्शन गरेका मानिसमाथि अन्धाधुन्द गोली चलाएको जनाइएको छ ।

सैनिक सरकारलाई समर्थन गरेको भन्दै क्रुद्ध बनेका प्रदर्शनकारीले उक्त क्षेत्रमा रहेका चिनियाँ कम्पनी र होटलमाथि तोडफोड र आगजानी गरेको बताइएको छ । चिनियाँ व्यवसायमा आक्रमण बढ्न थालेपछि सैन्य अधिकारीले उक्त क्षेत्रमा जंगी ऐन लागू गरेका छन्। आफ्ना व्यावसाय र कर्मचारीमाथि आक्रमण भएपछि चीनले त्यसमा संलग्नलाई कारबाही र थप कदम चाल्न सैन्य अधिकारीसँग आग्रह गरेको जनाइएको छ ।

चिनियाँ आग्रह पछि सुरक्षाकर्मीले हतियार सहित प्रदर्शन गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली चलाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आइतबारको घटनासँगै म्यान्मारमा जारी सैनिक सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । म्यान्मारमा गत फ्रेबुअरी १ तारिखमा सेनाले सत्ता कब्जा गर्दै नेतृ आङ सान सुची सहितको निर्वाचित सरकारका नेतालाई नियन्त्रण लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *