ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीले बोलाएको चियापानमा नजाने माधव-खनाल पक्षको घुर्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ३ गते ११ बजे बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । एमालेको केन्द्रिय कमिटीको पुर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीले चियापानका लागि निम्तो पठाएका थिए ।

चियापान कार्यक्रममा माधव खनाल गुटका नेताहरुलाई पनि निम्तो पठाइएको छ । नेकपा एमालेका नेपाल खनाल समूहले चियापान कार्यक्रममा उपस्थित नहुने निर्णय गरेको छ ।

‘हामीलाई ओलीले आयोजना गरेको कुनै पनि चियापान कार्यक्रममा उपस्थित हुनु छैन र ओलीको निम्तो जानुपर्ने हामीले आवश्यक ठानेका छनौं । ‘ नेपाल खनाल समूहका एक नेताले द प्रेस नेपाललाई बताए ।

सर्वोच्च अदालतले नेकपा पार्टी ऋषि कट्टेललाई दिएपछी पूर्ववत नेकपा एमाले र माओवादी केन्द्र पार्टी ब्यँतिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछी माधव पुर्व नेकपाका माधव प्रचण्ड गुटले ओलीका विरुद्ध आन्दोलन गरेको थियो । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछी माधव प्रचण्ड गुट आधारिकारिक नेकपा वन्न चाहान्थ्यो तर सर्वोच्च अदातलको फागुन २१ गतेको निर्णयले नेकपा भन्ने पार्टी कट्टेललाई दिएपछी दुबै पार्टीका नेताहरु तितरवितर भएका छन् । रामबहादुर थापा बादल सहितका नेताहरु नेकपा एमाले प्रवेश गरेका छन भने माओवादीले मन्त्रीहरुलाई सरकारबाट फिर्ता वोलाएको छ । उद्यपी उनीहरुको सांसद पद र मन्त्री के हुने भन्ने बिषयको बिबादले अझै पनि केही समय लिने देखिन्छ ।

खनाल नेपाल पक्ष एमाले भित्रै बसेर ओलीलाई असहयोग गर्ने नीति लिदैं समानान्तर कमिटी बनाएर अगाडी बढ्ने मुडमा छन् । यसविचमा केपी शर्मा ओलीले रामबहादुर थापा र सहितका २३ जना नेताहरुलाई पार्टीमा प्रवेश गराउदै जिम्मेवारी बाँडफाँड गरेका छन । रामबहादुर थापालाई बाग्मती प्रदेशको इन्चार्ज तोकेका छन भने उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रि लेखराज भट्टलाई सुदुरपश्चिम प्रदेशको इन्जार्जको जिम्मेवारी दिएका छन् । भिम रावललाई सुदुरपश्चिम प्रदेशको इन्जार्चबाट हटाएका ओलीले बामदेब गौतमको जिम्मेवारी समेत खोसेका छन् ।

जसका कारण गौतमले ओलीसँगको एकता र सहकार्य सकिएको प्रतिकृया दिएका छन् । गौतम गुटमा एक जना प्रतिनिधसभा सदश्य एक राष्ट्रिय सभा सदश्य र ४ जना केन्द्रिय सदश्य मात्रै रहेका छन् ।

रामकुमारी झाक्री लगायतका नेताहरुले माधव खनाललाई गुटलाई कुनै पनि हालतमा ओलीसँग नमिलन्न दाबाव दिदै आएका छन । यदि नेतृत्वले ओलीसँग सहकार्य गरेमा आफुहरु एमाले त्याग्ने सम्मका निर्णयमा झाक्री टिममा सहभागि एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *