ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली विद्यार्थीलाई इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपको सहयोग

काठमाडौं। थापाथलीइन्जिनियरिङ क्याम्पसमाअध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुको यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमाआयोजना हुन लागेको विश्वप्रतिस्पर्धाका लागि बनाएका हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने कामबाँकी छ । उनीहरुले बाहिरी भाग चाँडै बनाउदै छन् ।

उनीहरुको टिमको नाम सिरेटो रहेको छ। सिरेटो टिम भन्दा सुन्नेहरू अकमकिन्छन् । तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजना बनाउन उनीहरु लागिपरेका छन ।


सेलइनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथनआयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबिच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामाथोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमाअध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकललगायतविभिन्नविधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले बिद्यार्थीहरुलाई यस काममा सहयोग गरिरहेका छन,।

घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वीशर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमनश्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।


गोल्छा ग्रुपको सि.एस.आर अन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउनगोल्छा ग्रुपले सहयोग गरेकोे छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *